परासी-नेपालमा भारतीय केरा आयात हुँदा नेपाली केरा किसान बजार नपाउँदा मर्कामा परेका छन्। भारतबाट आयात हुँदा केरा किसानले केराको मूल्य नपाउँदा मर्कामा परेका हुन् ।
बजारमा ल्याउने तयारी अवस्थामा केराले बजार नपाउँदा पश्चिम नवलपरासीका केरा किसानहरु चिन्तित भएका छन्। पश्चिम नवलपरासीको सुस्ता र प्रतापपुर गाउँपालिकामा केरा खेतीतर्फ किसानहरु आर्कषित र जीवनयापन गर्दै आएका छन्। तर भारतीय केरा आयात हुदाँ यहाँका किसानहरु लगाएको केरा बजार र उचित मूल्य नपाउदाँ प्रतापुरका-४ का गोपाल ठकुरी चिन्तित हुनुहुन्छ।
भारतीय केरा आयात हुदाँ हामीले उत्पादन गरेको केरा बजार नपाउँदा मार्कामा परेको गोपाल ठकुरीले गुनासो गर्नुभयो। भारतीय केरा सस्तोमा आयात हुदाँ नेपालमा उत्पादन भएको केरा उचित मूल्य र बजार नपाउदाँ खेतको बोटमै कुहिने थालेको उहाँले बताउनुभयो। एक बिगाहमा केरा खेती गरेको तर बजार र उचित मूल्य नपाएको र गत वर्ष ४० देखि ४५ रुपैयाँ दर्जन बिक्री गरेको यस वर्ष १० देखि १५ रुपैयाँमा व्यापारीहरु किन्न आएको ठकुरीले बताउनुभयो।
सुस्ता ४ नसही १ बिगाहा केरा खेती गर्दै आउनुभएकी चोकमाया घले उत्पादन गरेको केरा बजार नपाउँदा थन्काएर राख्नु परेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘बिक्रीको लागि तयार भएको केरा कतै बेच्न सकेको छैन। व्यापारीले सस्तो मूल्य मागेपछि लगाएको बोट र बिक्री गरेर भने मलको पैसा पनि उठ्दैन। यहाँ व्यापारीले १० देखि १५ रुपैयाँ दर्जन हिसाबले किन्न आएको उक्त मूल्यमा दिनुभन्दा बोटमै कुहाए भइगो नि !’ भारतीय बजारबाट केरा आउँदा नेपालका किसानहरु मारमा परेको यसलाई तत्काल सरकारले रोक्नुपर्ने घलेले बताउनु भयो। गत वर्ष १० लाख केरा बिक्री गरेको यस वर्ष जम्मा ४० हजार केरा बिक्री वितरण गरेको घलेको भनाई थियो।
प्रतापुर-६ काठहवा मोतीलाल कोइरीले ६ बिगाहमा केरा खेती गर्दै आउनु भएको छ। बिक्रीका लागि केरा तयार भएको तर व्यापारी २० रुपैयाँ दर्जन मागीरहेको कोइरीले बताउनु भयो। उहाँले व्यापारीको मूल्यमा बिक्री गरे भने लागाएको ज्याला पनि नउठ्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ बिक्रीका लागि केरा तयार भइसकेको छ। तर व्यापारी २० रुपैयाँ दर्जन मागीरहेका छन्। जबसम्म भारतबाट आउने केरा बन्द हुँदैन तबसम्म यहाँका किसानहरुले पाउनु पर्ने मूल्य पाउँदैनन्।’ उहाँले ऋण लिएर केरा खेती गरेको तर अहिले अवस्थामा यही मूल्यमा बिक्री गरेमा ऋण तिर्न के व्याज पनि तिर्न नपुग्ने अवस्था आएको बताउनुभयो।
सुस्ता ४ का तीन बिगाहा लिजमा लिएर केरा खेती गर्दै बैजनाथ कानु बानियाँले केराको बजार र मूल्य नपाउँदा मारमा परेको बताउनुभयो। भारतीय बजारबाट आयात हुने केरासरकार रोकेर नेपालमा उत्पादन भएको केरा बिक्री बितरण र सही उचित मूल्यमा बिक्री बितारणको वातावरण सिर्जन गर्नुपर्ने उहाँले बताउनुभयो।
प्रतापुरका ८ का केरा खेती व्यावासयिक रुपले गदै आएका अमरसेन कोईरीले बैकको ऋण लिएर खेती गर्दै आएको र केरा तयार भएको तर व्यापारी केरा किन्न नआएको र आए पनि सस्तो मूल्य माग्ने गरेको हामी सस्तोमा नदिने बरु बोटमै केरा पाकेर सुक्छ तर सस्तोमा नदिने बताउनुभयो । यो सब भारतबाट आयत हुँदा नेपाली केराको मूल्य नपाएको गुनासो गर्नुभयो । उहाँले भने व्यपारीहरुले २० रुपैयाँ यहाँ केरा किन्न भनेर आउने गरेको उक्त मूल्यमा दिदाँ लगाएको ज्याला मजदुरी र ऋण पनि तिर्न नसकीने अवस्था रहेको छ ।
१५ कठ्ठमा केरा खेती गर्दै आउनुभएका सुस्ता ४ नसहीका धनबहादुर गुरुडले केराको बजार नपाउँदा बोटमै केरा थन्काएर राखेको गुनासो गर्नुभयो । भारताट आउने केरा सस्तो मूल्यमा बिक्री हुन थालेपछि यहाँ उत्पादन भएको केरा बिक्री बितरण हुन नसकेको र बोटमै कुहिन थाले गुरुडले भन्नुभयो । उहाँले बोटमै केरा पाकेको छ अझै पाकेर बोटबाट केरा झने बिक्री गर्न कहाँ लैजाने चिन्ता सताएको छ। १८ सय २५ बिगाहमा केरा खेती लगाईएको नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताउनुभयो। १ हजार २५ मेटिक टन उत्पादन हुने गरेको उहाँले बताउनु भयो। तर यस वर्ष भारतीय केराको आयातले गर्दा यहाँ आधी पनि केरा बिक्री नभएको यादवले जानकारी दिनुभयो। उहाँले भारतीय केरा बन्द भए न भने केरा किसानलहरुले आन्दोलन गर्ने चेतावनी दिनुभयो । गत वर्ष २५ देखी ३५ रुपैयाँसम्म केरा दर्जन बिक्री भएको तर यस वर्ष १५ देखि बढीमा २५ सम्म बिक्री गर्न बाध्य छन् । जिल्लामा २ हजार क्षेत्रफलमा केरा खेती हुँदै आएको या







प्रतिक्रिया