अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छ: महासचिव पोखरेल

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छ: महासचिव पोखरेल


काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सबै लाग्नुपर्ने बताउनु भएको छ। एमाले नेता आनन्द पोखरेलको ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ नामक पुस्तक सार्वजनिक समारोहमा भदौ १६ गते सोमबार बोल्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो। 

महासचिव पोखरेलले एमालेको नीति राष्ट्रको नीति बनाउन सामर्थ्य राखेर पार्टी निर्माणमा लाग्नुपर्ने बताउनुभयो।  उहाँले जतिवेला एमालेको नीति राष्ट्रको नीति बन्ने अवस्था आउँछ त्यसवेला मात्र एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने बताउनुभयो।

महासचिव पोखरेलले भन्नुभयो, ‘अहिले नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको छ। तर हाम्रो नीति राष्ट्रको नीति बनाउने ठाउँमा पुगेका छैनौं ।’

महासचिव पोखरेलले क्रान्तिपछि राज्यसत्ताको नेतृत्वको चरित्र निरूपण गर्ने भएपनि हाम्रो राजनीतिक क्रान्तिले राज्यसत्ताको चरित्र निरूपण गर्न नसकेको बताउनुभयो।