अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय प्रधानमन्त्री मोदी र रूसी राष्ट्रपति पुटिन एउटै गाडीमा

भारतीय प्रधानमन्त्री मोदी र रूसी राष्ट्रपति पुटिन एउटै गाडीमा


काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि तिआनजिनमा भएको द्विपक्षीय बैठक स्थलमा एउटै गाडीमा सँगै गएका छन्।

सो अवसरको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै प्रधानमन्त्री मोदीले लेख्नुभएको छ, ‘एससीओ शिखर सम्मेलनको कार्यसूचीपछि राष्ट्रपति पुटिनसँग म द्विपक्षीय बैठक स्थलमा सँगै गइरहेको थिएँ। उहाँसँगका वार्तालापहरू सधैँ गहन हुन्छन्।’

यो भेटघाट भारत–रुसबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रयास भइरहेको अवस्थामा भएको हो। जब वाशिङ्टनसँगको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। अमेरिकाले हालै भारतीय वस्तुमा ५० प्रतिशतसम्म शुल्क लगाएको छ, जसमा रसियाबाट आयात गरिएको सस्तो क्रुड तेलका लागि २५ प्रतिशत अतिरिक्त दण्ड पनि समावेश गरिएको छ।