काठमाडौँ-सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। २०८२ भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार सार्वजनिक गर्नुभएको हो।
सरकारले विशेष अदालतको न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि अस्थायी दरबन्दी स्वीकृति गर्ने, श्रम अदालतको सदस्य पदमा अधिवक्ता कुमारी खरेललाई नियुक्त गर्नेसहितका निर्णय भएको गुरुङले जानकारी दिनुभयाे।








प्रतिक्रिया