काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। २०८२ भदौ २०–२२ गतेसम्म हुने विधान अधिवेशनको तयारीका लागि सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
बैठक २०८२ भदौ १९ गते दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गौतमले बताउनुभयो।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनउपर छलफल हुनेछ। सो विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरू (राजनीतिक, सांगठनिक, विधान संशोधन र आयोगका प्रतिवेदन) छलफल गरी पारित गर्न सचिवालयय बैठक बोलाइएको हो। यसअघि भदौ १३ का लागि बोलाइएको केन्द्रीय कमिटी बैठक एमालेले स्थगित गरेको थियो।
एमालेको दोस्रो विधान अधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्र हलमामा हुँदैछ।







प्रतिक्रिया