काठमाडौं-काठमाडौंको गोंगबु टाउन प्लानिङस्थित एक घरमा प्रहरीले छापा मारेको छ। मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोंगबुको एक घरमा छापा मारेको हो।
सो क्रममा प्रहरीले झन्डै ४ करोड रुपैयाँ र सुनचाँदीको गरगहनासहित गोरखा घर भएका विनोद श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिए। प्रहरीका अनुसार उक्त घर पनि उनै श्रेष्ठको हो।
अहिले घटनास्थलमा काठमाडौँका प्रहरी प्रमुख विश्व अधिकारी समेत पुगेका छन् । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।







प्रतिक्रिया