अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति चङबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ उपराष्ट्रपति चङबीच भेटवार्ता


बेइजिङ-चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबीच भेटवार्ता भएको छ। मंगलबार बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा दुई पक्षीय भेटवार्ता भएको हो।

चीनको थियानजिन सहरमा आयोजित साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकाएर रेलमार्गबाट प्रधानमन्त्री ओली आजै बेइजिङ पुग्नुभएकाे हाे।

उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ।

भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ। सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ ।