काठमाडौं-नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।
मङ्गलबार प्रतितोला सुन रु.२ लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु. २ हजार बढेको हो। चाँदीको मूल्य प्रतितोला रु.पाँचले घटेर रु दुई हजार ४८० कायम भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







प्रतिक्रिया