अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विधान महाधिवेशनको तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै

विधान महाधिवेशनको तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै


काठमाडौं-नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। विधान महाधिवेशनको पूर्वसन्ध्यामा आज एमाले केन्द्रीय सचिवालय बैठक बस्न लागेकाे हाे।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली हिजो राती चीन भ्रमणबाट फर्किएपछि विधान महाधिवेशनमा प्रष्तुत हुने प्रतिवेदनहरुलाई अन्तिम रुप दिन आज बैठकको आयोजना गरिएको हो।

पार्टी प्रचार तथा प्रकाशनका प्रमुख राजेन्द्र गौतमका अनुसार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यलय च्यासलमा सचिवालयको बैठक बस्ने तय भएको छ।

आजको बैठकमा विधान महाधिवेशनमा अध्यक्ष ओलीको तर्फबाट प्रष्तुत हुने राजनीतिक प्रतिवेदन,उपाध्यक्ष विष्णु पौडेलले प्रष्तुत गर्ने विधान संसोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले प्रष्तुत गर्ने साँगठनिक प्रतिवेदन प्रष्तुत गर्ने कार्यसुची छ । ‘तीनवटै प्रतिवेदनका प्रष्तुतकर्ताहरुले प्रतिवेदनको व्याख्या पनि गर्नुहुनेछ’, गौतमले भन्नुभयो, ‘सचिवालयले पास गरेको प्रतिवेदन भोली विधान महाधिवेशनमा पेश हुनेछ।’

गौतमका अनुसार अध्यक्ष ओली पाँच दिन देखि चीन भ्रमणमा रहनु भएकोले महाविधेशनको तयारी,व्यवस्थापन र उपसमितीले गरेका कामहरुको ब्रिफिङ पनि बैठकमा गरिनेछ।

एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा यही भदौ २० देखि २२ गतेसम्म हुनेछ। एमाले महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरीसहित दुई हजार ३५० जना सहभागी हुँदै छन्।