काठमाडौं-नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
बिहीबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा आईजीपी खापुङलाई गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिनुभएको हो।
आजै उनी प्रहरी प्रधान कार्यालय नक्सालमा गएर कार्यभार सम्हाल्ने तयारी छ।
सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको थियो।
मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो।






प्रतिक्रिया