काठमाडौं-नेकपा (एमाले) को जनसंगठन प्रेस चौतारी नेपालको सचिवालयको दोस्रो बैठक सम्पन्न भएको छ। सचिवालय बैठकले प्रशिक्षण वर्ष २०८२ लाई सफल बनाउन विभिन्न योजना निर्माण गर्ने निर्णय गरेकाे हाे।
बैठकले देशको आवश्यकता, बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण र जनताको बहुदलीय जनवादको सार- ‘समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’का लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व अनिवार्य रहेको निष्कर्ष निकालेको संगठनका सचिव हीरामान लामाले जानकारी दिनुभयो।
बैठकले पूर्वराष्ट्रपति-उपराष्ट्रपतिलगायत संवैधानिक आयोगका प्रमुखहरूलाई पार्टी सदस्य बन्न नमिल्ने प्रावधान संविधान संशोधनमार्फत गर्नुपर्ने निर्णय पनि गरेको छ।
सञ्चार क्षेत्रमा रहेका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ।
बैठकमा संगठनका अध्यक्ष गणेश पाण्डेकाे अध्यक्षता र पार्टी स्थायी कमिटी सदस्य तथा संगठनका इञ्चार्ज राजेन्द्र गौतमकाे प्रमुख आतिथ्यता रहेको थियो। बैठकमा संगठनका निवर्तमान अध्यक्ष गणेश बस्नेत र सचिवालय सदस्यहरूको सहभागिता रहेको थियो।
बैठकले केन्द्रीय समितिको बैठक कात्तिक २१ र २२ गते आयोजना गर्ने निर्णय गरेको छ।






प्रतिक्रिया