अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इन्टरनेट सेवा प्रदायक संघ नेपालद्वारा सामाजिक सञ्जाल बन्द गर्ने तयारी

इन्टरनेट सेवा प्रदायक संघ नेपालद्वारा सामाजिक सञ्जाल बन्द गर्ने तयारी


काठमाडौं-नेपाल सरकारको निर्देशनअनुसार नेपालभित्र सूचीकरण नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू बन्द गर्ने तयारी गरिएको छ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसप्यान)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरू निष्क्रिय बनाउने प्रक्रिया सुरु भएको जानकारी गराएको हो। यो निर्णय सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ १ गतेको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९ गतेको मन्त्रिस्तरीय बैठकको निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार गरिएको हो।

आईएसप्यानका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन पठाएको छ, जसअनुसार ती सञ्जालहरू बन्द गरिँदैछ।

आईएसप्यानले भदौ १७  गते नै नेपाल सरकारलाई पत्र पठाएर आवश्यक तयारीको जानकारी गराइसकेको थियो । अब नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा ती सामाजिक सञ्जालहरू क्रमशः बन्द गरिनेछ । संघले प्रयोगकर्ताहरूलाई पर्नसक्ने असुविधाप्रति क्षमायाचना गर्दै अन्य सामाजिक सञ्जालहरू भने यथावत रूपमा चलिरहेको जानकारी पनि दिएको छ ।