अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुलीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु, एक घाइते

सिन्धुलीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु, एक घाइते


सिन्धुली-सिन्धुलीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। 

आज बिहान कमलामाई नगरपालिका-९ बथानचौडी नजिकै मदनभण्डारी राजमार्गमा विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँमा ४६ वर्षीय भुवन भुजेलको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ट्रकको ठक्करबाट सोही ठाउँका ६४ वर्षीय टेकप्रसाद दाहाल गम्भीर घाइते भएका छन्। उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

अनियन्त्रित भएको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएपछि सडक किनारामा पल्टिएको प्रहरीले जनाएको छ। ट्रक पल्टिँदा एउटा घरमा क्षति भएको छ। जसमा २० वटा जति कुखुरा मरेका पनि प्रहरीले जनाएको छ।