अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस-एमालेलाई समर्थन गर्नुको विकल्प छैन: केपी ओली

कांग्रेस-एमालेलाई समर्थन गर्नुको विकल्प छैन: केपी ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले एमाले र नेपाली कांग्रेसलाई समर्थन गर्नुको विकल्प नभएको बताउनुभएको छ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित एमालेकाे दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हाे ।

‘कांग्रेस र एमालेका अगाडि समर्थन गर्नुको अरु विकल्प छैन।, कि एउटाले समर्थन गर्छ, कि अर्कोले,’ केपी ओ‌लीले भन्नुभयो।

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै जादुगर नम्बर छ भन्ने भ्रम अहिले तोडिएको बताउनुभयाे। 

‘हामीसँग जादुयी नम्बर छ भन्ने भ्रम पर्न थालेको थियो- म्याजिक नम्बर। जादु भनेको जादु हो नि। यही जादु आफ्नो हातमा छ भन्ने केही मान्छेलाई भ्रम परेको थियो,’ उहाँले भन्नुभयाे, ‘तर, एमाले त्यो १४ महिनाको अवस्था एमालेले फेरेको छ। देशमा अराजनीतिक वेथिति फैलिएको थियो। त्यो नियन्त्रणमा आएको छ। हाम्रो पार्टी लोकतन्त्रको राजका लागि लडेको पार्टी हो। यसको रक्षाका लागि लड्न,ट्याक्टिकल मुभ धरै हुन्छ।’