अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म्याजिक नम्बर छ भन्ने भ्रमबाट मुक्त गराइदियौँ: केपी ओली

म्याजिक नम्बर छ भन्ने भ्रमबाट मुक्त गराइदियौँ: केपी ओली


काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूसँग म्याजिक नम्बर भ्रम अहिले तोडिएको बताउनु भएको छ। पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो।

प्रधानमन्त्री ओली माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई लक्षित गर्दै ‘जादुगर नम्बर’ को भ्रम अहिले तोडिएको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीसँग जादु नम्बर छ भन्ने भ्रम केही समय अघि परेको थियो। जादु भनेको जादु हो, तर एमालेले १४ महिनाको कठिन परिस्थितिलाई परिवर्तन गरेको छ। देशमा अराजनीतिक बेथिति फैलिएको थियो, तर त्यो नियन्त्रणमा आएको छ। हाम्रो पार्टी लोकतन्त्रको रक्षा गर्न लडेको पार्टी हो। यसको संरक्षणका लागि विभिन्न रणनीति अपनाउनु आवश्यक पर्छ।’

अध्यक्ष ओलीले पार्टीले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य बनाएर अघि बढेको बताउनुभयो। उहाँले देशलाई समृद्धि बनाउनेभन्दा ठुलो गन्तव्य अरू केही नभएको बताउनुभयो।