अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाधिवेशन स्थलमै अध्यक्ष ओलीले राष्ट्रियताप्रति अडान लिँदै भन्नुभयो: लिपुलेकको समाधान भारतसँगै खोज्छौं

महाधिवेशन स्थलमै अध्यक्ष ओलीले राष्ट्रियताप्रति अडान लिँदै भन्नुभयो: लिपुलेकको समाधान भारतसँगै खोज्छौं


गोदावरी ललितपुर-नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको सीमानाका बारे भारतसँगै वार्ता गरेर समाधान गर्ने राष्ट्रियताप्रतिको अडानलाई अघि सार्नु भएको छ।

दोस्रो विधान महाधिवेशनको उद्घाटन स्वागत भाषणमा अध्यक्ष ओलीले लिपुलेक सीमामा भारतसँग चीनले व्यापारिक सम्झौता गरेकाले राष्ट्रपति सी जिपिङ्गसँग असहमति प्रकट गरेको बताउनु भयो। शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुने क्रममा अध्यक्ष ओली र चीनका राष्ट्रपति सीबीच दुई पक्ष भेटवार्तामा भारतसँग चीनले गरेको व्यापारिक सम्झौताप्रति उहाँले असहमति जनाउनु भएको थियो ।

अध्यक्ष ओलीले महाधिवेशन स्वागत भाषणमा भन्नुभयो– ‘लिपुलेक बारेमा राष्ट्रपति सीसँग दुई पक्षबीच भएको भेटर्वातामा लिपुलेक सम्बन्धाम भारत र चीनले गरको व्यापारिक सम्झौताको प्रष्टरुपमा असहमति छ भनेँ । त्यसको अडियो, भिडियो सबैमा छ।’

आसन्न भारत भ्रमणप्रति लक्षित गर्दै अध्यक्ष ओलीले सीमा समाधान बारे भारतसँगै खोज्ने बताउनु भयो । ‘खासमा लिपुलेक सीमाको बारेमा भारतसँग वार्ता गरेर समाधान खोज्ने हो । खासमा तेस्रो देशसँग कुरा गर्नुपर्ने थिएन । तर लिपुलेकमा भातरसँग व्यापार गर्ने सम्झौतामा चीनले हस्ताक्षर गरेकाले मैले त्यहाँ कुरा राखेँ’, अध्यक्ष ओलीले भन्नुभयो ।

आफूले राष्ट्रियताप्रति कुरा उठाउँदा केही ‘जान्नेसुन्नेहरुले’ गलत व्याख्या गरेको समेत उहाँले बताउनु भयो । ‘हाम्रो देशको सीमा समस्या सम्बन्धमा विश्वसामु देखिने गरी, सुनिने गरी राख्नुपर्छ । त्यही मान्यताका अधारमा मैले चीनका राष्ट्रपति समक्ष राखेँ’, उहाँले भन्नुभयो– ‘कमरेडहरु ढुक्कले अघि बढ्नुहोस् । हाम्रो सफलतको मार्गमा छौं । देशको नेतृत्व गरिरहेका छौं । नेकपा एमालेलाई अझै सुदृत ढंगले अगाडि बढाउने हो ।’

चीनका राष्ट्रपति सीले जवाफमा नेपालको सार्वभौम सत्ता, सीमानामा नेपाल भारतको विषय कुटनीतिक वार्ताबाट समाधान गर्न र भौगोलिक अखण्डतामा सधै समर्थन रहने बताएको अध्यक्ष ओलीले बताउनुभयो ।