अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको निष्कर्ष: नेपाली विशेषताको समाजवाद ‘बहुलता र विविधताको समायोजन’

एमालेको निष्कर्ष: नेपाली विशेषताको समाजवाद ‘बहुलता र विविधताको समायोजन’


गोदावरी ललितपुर-नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्दै समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने बताउनुभएको छ।

गोदावरी ललितपुर सनराइज सभाहलमा अध्यक्ष ओलीले राजनीतिक प्रस्तावको प्रतिवेदन उपमहासचिव प्रदीप ज्ञवालीले वाचन गर्दै हुनुहुन्छ। राजनीतिक प्रतिवेदन पेश गर्दै नेपाली अध्यक्ष ओलेली नेपाली विशेषताको समाजवादको अवधारणा प्रस्तावमा भनिएको छ– ‘नेपाली समाजको विशेषताको रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्यका साथ अगाडि बढाइने छ। एकरुपतामा एकता होइन, विविधतामा एकतालाई प्रबद्र्धन गरिने छ।’

नेपाली विशेषताको समाजवादको अनिवार्य कार्यभारमा राष्ट्रिय हितको रक्षा, राष्ट्रिय स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास भनेर नविन व्याख्या गरिएको छ।

नेपाली विशेषताको समाजवादको एक मुख्य आधार ‘परिपूर्ण लोकतन्त्र’लाई अघि सारिएको छ। अध्यक्ष आलीद्वारा प्रस्तावित राजनीतिक प्रतिवेदनमा भनिएको छ– ‘नेपाली विशेषताको समाजवादको एउटा महत्वपूर्ण पक्ष हो– यसले लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताहरुलाई आत्सात गर्नेछ। संविधानको सर्वोच्चता, विधिको शासन, मनाव अधिकार, शक्ति पृथकीकरण र आवधिक निर्वाचन जस्ता विषयहरु राज्यसञ्चालनका अभिन्न विषय हुनेछन्। दलहरुको बिचको प्रतिष्पर्धा सुनिश्चित गरिनेछ। जनताको अभिमतबाट मात्रै शासन सञ्चालन गर्ने, अनिर्वाचित सत्ता नहुने कुराको प्रत्याभूति गरिनेछ।’

प्रतिवेदनमा वर्ग संरचना खण्ड अन्तर्गत निम्न वर्ग, मध्यम वर्ग,  उच्च वर्गलाई चित्रण गरिएको छ। जसमा निम्न वर्गको आर्थिक आय प्रायः रु.१.५ लाखभन्दा कम भएको, मध्यम वर्गमा वार्षिक आय करिब रु.१.५-५ लाख हुने, उच्च वर्गमा वार्षिक आय रु. ५ लाखभन्दा माथि भएकालाई आधार मानिएको छ।

जातीय र सामाजिक आयाममा दलित र मुस्लिम समुदायमा भूमिहीन, सिमान्त किसान र न्यून आय वर्गका बढी देखाइको छ। सन् २०२२ को तथ्यलाई प्रतिवेदनमा आधार मानिएको छ। जस अनुसार औसत गरिबी दर २० दशमलब ३ प्रतिशत दलितमा र त्यो ३० प्रतिशत भन्दा बढि रहेको छ।

त्यसैगरी मानव विकास सूचाङ्कमा पनि जातीय विवेद देखिएको निश्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ। २००४ मा मानव विकास सूचाङ्क बाहुन/क्षेत्रीमा ०.५५२ र नेवारमा ०.४२४ र मुसिल्ममा ०.४०१ मात्र थियो। यी तथ्यले गरिबी घट्ने दरमा पनि। असमानता देखाएको। बाहुन क्षेत्रीमा ४६ प्रतिशत र दलितमा २१ प्रतिशत र मुस्लिममा ६ प्रतिशत मात्र रहेको छ।