काठमाडौं– नेकपा (एमाले)को पछिल्लो नविकृत पार्टी सदस्यहरु ६ लाख ६२ हजार ९ सय ६१ जना रहेका छन्। यो संगठित पार्टी सदस्य संख्या १० औं महाधिवेशन पछि ३० प्रतिशतले बृद्धि भएको हो।
महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो। पोखरेलले प्रतिवेदन पेश गर्दैै पार्टी अहिले ६४ हजार ७ सय ६ कमिटीमा फर्मेशन रहेको जानकारी दिनुभयो। कतिपय जन संगठनहरुको संख्या यकिन तथ्याङ्क अध्यावधिक नभएको औंल्याउँदै करिब १२ लाख ६९ हजार १ सय ६१ सदस्य रहेको तथ्य महासचिवले पेश गर्नुभएको छ।
डेढ लाख सदस्यहरु संगठित हुन बाँकी रहेको महासविच पोखरेलले बताउनुभयो। कुल ४ लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध रहेका छन्।

प्रतिवेदनमा उल्लेख गरिएको तथ्याङ्क अनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १ सय ३ जिल्ला कमिटी, महानगर, उपमहमानगर नगरपालिका गाउँपालिका कमिटी १ हजार ६७ कमिटी रहेका छन्। त्यसैगरी, वडा कमिटी ७ हजार ७ सय ६० र टोल कमिटी ५५ हजार ७ सय ७६ रहेको छ।
प्रदेश अन्तर्गत कोशी प्रदेशमा १४ जिल्ला कमिटी र १ सय ३६ पालिका कमिटी रहेको छ। त्यसैगरी वडा कमिटी ११ सय ५७ र टोल कमिटी ७ हजा १ सय १ रहेको छ। कोशी प्रदेशमा कुल ८ हजार ४ सय ८ कमिटी रहेको छ।
त्यसैगरी मधेस प्रदेशमा ८ जिल्ला कमिटी, १ सय ३६ पालिका, १२ सय ७१ वडा, ६ हजार ५ सय १५ टोल कमिटी गसरी कुल ७ हजार ९ सय ३० रहेको छ।
बागमती प्रदेशतर्फ १३ जिल्ला, १ सय ११ पालिका, ११ सय २१ वडा, १४ हजार २ सय ६ टोलसहित कुल १५ हजार ४ सय ५१ कमिटी रहेको छ।
गण्डकी प्रदेशमा ११ जिल्ला कमिटी, ८५ पालिका, ७ सय ५९ वडा, ५५ सय ६० सय टोल गरी कुल ६ हजार ४ सय १५ कमिटी रहेको छ।
लुम्बिनी प्रदेशमा १२ जिल्ला, १ सय ९ पालिका, ९ सय ८३ वडा, ९ हजार २ सय ६७ टोल गरी कुल १० हजार ३ सय ७१ कमिटी रहेको छ।
कर्णाली प्रदेशमा १० जिल्ला कमिटी, ७९ पालिका, ७ सय १८ वडा, ६ हजार ४ सय ५३ टोलसहित कुल ७ हजार २ सय ६० कमिटी रहेको छ।
सुदूपश्चिम प्रदेशमा ९ जिल्ला, ८८ पालिका, ७ सय ३४ वडा, ५ हजार ८ सय ५० टोलसहित गर्दा कुल ६ हजार ६ सय ८१ कमिटी रहेको छ।
त्यसैगरी समन्वय सम्पर्क अन्र्तगत ७ जिल्ला, ७४ पालिका, ७ सय ४३ वडा कमिटी गरी कुल ८ सय २४ वटा सम्पर्क समन्वय कमिटी रहेका छन्। प्रवासी नेपाली मञ्चलाई ५ जिल्ला कमिटीको हैसियत, ३६ पालिका, ७० वटा वडा गरी कुल १ सय ११ कमिटी रहेको छ। प्रवासी नेपाली संघ भारत शाखामा १० वटा जिल्ला, १ सय ४१ पालिका, ४ सय १६ वडा तह गरी कुल ५ सय ६७ कमिटी रहेको छ।
तथ्याङ्कहरुलाई केलाउँदा जिल्ला तहमा ९ हजार ७ सय ७४ जना नेता, कार्यकर्ता आबद्ध छन्। पालिका तहमा ४१ हजार ६ सय ३३ । वडामा १ लाख ७४ हजार २ सय ४५ । टोलमा २ लाख १ हजार ३ सय ६४ जना रहेका छन्।
सार्वजनिक प्रतिवेदनमा कुल सदस्यमध्ये पुरुष सदस्यको सङ्ख्या ४ लाख ५७ हजार १४५ र महिलाको सङ्ख्या २ लाख ५ हजार ८१६ जना रहेका उल्लेख छ।

लुम्बिनी प्रदेशका ८० हजार ३५२, सुदूरपश्चिम प्रदेशका ६३ हजार ११० र गण्डकी प्रदेशका ५५ हजार ५१२ जनाले एमालेको संगठित सदस्यता लिएका छन्। उपत्यका विशेष प्रदेशमा ८ हजार ७८१ सदस्य रहेको एमालेले सम्पर्क शीर्षकमा १३ हजार ७५२ सदस्य रहेको प्रतिवेदनमा उल्लेख गरेको छ।
यस्तै एमालेले भारत (प्रवास) मा १२ सय ६७ पुरूष र ४७६ महिला गरी १ हजार ७५२, प्रवास (तेस्रो मुलुक)मा ३ हजार ७०० पुरूष र ९३० महिला गरी ४ हजार ६२० सदस्य रहेका जनाएको छ। प्रतिवेदनमा केन्द्रीय कार्यालयमा १८५ महिला र ६६५ पुरूष गरी ८५० संगठित सदस्य रहेका पनि उल्लेख छ।








प्रतिक्रिया