अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विधान महाधिवेशन

समसामयिक राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा सचिव भट्टराई

समसामयिक राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा सचिव भट्टराई


गोदावरी ललितपुर-नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्नका लागि अध्यक्ष केपी शर्मा ओलीले सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय लेखन समिति घोषणा गर्नुभएकाे छ।

समितिको सदस्यहरुमा पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु उषाकला राई, सृजना काफ्ले र माधव ढुंगेल रहेका छन्।

समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजिविकाको चासोबारे महाधिवेशनको धारण तय गर्ने संयोजक सचिव भट्टराईले बताउनुभयाे।

प्रस्ताव तयारीका लागि समितिको बैठक केहीबेरमा बस्ने भट्टराईले बताउनुभयाे।