काठमाडौं-नेपाली कांग्रेसले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ। सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका हुन्।
आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सामाजिक सञ्जाल बन्द गरेको विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे ,‘केन्द्रीय कार्यसम्पादन समितिको बैठक भर्खरै सम्पन्न भयो। बैठकमा केही दिन अगाडिदेखि नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरु सरकारले बन्द गरेको छ। यस विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको छ।’
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा कांग्रेस जिम्मेवार रहेकाले सरकारको निर्णयप्रति गम्भीर रहेको उहाँले बताउनुभयाे ।







प्रतिक्रिया