अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले संविधान संशोधनको प्रक्रिया छिटै सुरु गर्छ: प्रधानमन्त्री ओली

सरकारले संविधान संशोधनको प्रक्रिया छिटै सुरु गर्छ: प्रधानमन्त्री ओली


गोदावरी (ललितपुर)- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रक्रिया छिटै शुरु गर्ने बताउनु भएको छ।
नेकपा (एमाले)का अध्यक्ष समेत रहनु भएका प्रधनामन्त्री ओलीले गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीति प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले उठाएका जिज्ञासाहरुकोे जवाफ दिदैं यस्तो बताउनु भएको हो।

संसदको ठूलो दल नेपाली कांग्रेस र एमालेबीच सरकार गठनकै क्रममा संविधान संशोधन गर्ने सहमतीका साथ वर्तमान सरका गठन भएको उल्लेख गर्दै सरकारले उक्त प्रक्रियाको थालनी गर्ने जानकारी दिनुभयो।

‘सरकारले अहिले देखिएको शासकीय स्वरुप, निर्वाचन प्रर्णाली र संविधान कार्यान्वयन र्गे सन्दर्भमा देखा परेका बाधाहरुलाई फुकाउनका निम्ती संशोधनको अपरिहार्यता भएकाले संविधान विद र कानून विदहरु संम्मीलित विज्ञ समुह गठन गरी संविधान संशोधन प्रक्रिया अघि बढाइने छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संविधान र कानून क्षेत्रका वित्रहरुको सुझावका आधारमा सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउने छ।’

प्रधानमन्त्री ओलीले अब हुने संविधान संशोधन प्रक्रिया यस अघिको जस्तो जनस्तरमा पुगेर सुझाव संकलनका आधारमा नगरिने स्पष्ट पार्नुभयो।

सरकारले संविधान संशोधनको प्रक्रिया छिटैं शुरु गर्छ ः प्रधानमन्त्री ओली
गोदावरी (ललितपुर) । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रक्रिया छिटै शुरु गर्ने बताउनु भएको छ ।
नेकपा (एमाले)का अध्यक्ष समेत रहनु भएका प्रधनामन्त्री ओलीले गोदावरीमा जारी दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीति प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले उठाएका जिज्ञासाहरुकोे जवाफ दिदैं यस्तो बताउनु भएको हो ।
संसदको ठूलो दल नेपाली कांग्रेस र एमालेबीच सरकार गठनकै क्रममा संविधान संशोधन गर्ने सहमतीका साथ वर्तमान सरका गठन भएको उल्लेख गर्दै सरकारले उक्त प्रक्रियाको थालनी गर्ने जानकारी दिनुभयो ।
‘सरकारले अहिले देखिएको शासकीय स्वरुप, निर्वाचन प्रर्णाली र संविधान कार्यान्वयन र्गे सन्दर्भमा देखा परेका बाधाहरुलाई फुकाउनका निम्ती संशोधनको अपरिहार्यता भएकाले संविधान विद र कानून विदहरु संम्मीलित विज्ञ समुह गठन गरी संविधान संशोधन प्रक्रिया अघि बढाइने छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संविधान र कानून क्षेत्रका वित्रहरुको सुझावका आधारमा सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउने छ ।’
प्रधानमन्त्री ओलीले अब हुने संविधान संशोधन प्रक्रिया यस अघिको जस्तो जनस्तरमा पुगेर सुझाव संकलनका आधारमा नगरिने स्पष्ट पार्नुभयो ।