अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनमा घुसपैठ भएको एमालेको आशङ्का

जेनजी आन्दोलनमा घुसपैठ भएको एमालेको आशङ्का


 काठमाडौं-जेनजीले पुस्ताले गरेको आन्दोलनमा घुसपैठ भएको हुनसक्ने नेकपा एमालेले आशङ्का गरेको छ। नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जेनजीको आन्दोलनभित्र व्यापक घुसपैठ भएको हुनसक्ने आशङ्का गरिएको बताउनुभयाे।

‘जेनजीहरुको आन्दोलनमा व्यापक घुसपैठ भएको आशङ्का एमालेले गरेको छ’, गौतमले भन्नुभयो– ‘जेनजीका नाममा राजनीतिकरण गरियो भन्ने हामीलाई आभास भएको छ।’

आन्दोलनका कारण सोमबार बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ। आन्दोलनकारीहरू संसद् भवनभित्रै प्रवेश गर्ने, संसद् भवनको पर्खाल भत्काउने गर्न थालेपछि प्रहरीले गोली चलाएको छ। स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरे पनि आन्दोलनकारी हटेका छैनन्।