अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरामा पनि लाग्यो कर्फ्यु

पोखरामा पनि लाग्यो कर्फ्यु


पोखरा-जेनजी आन्दोलन चर्किँदै गएपछि पोखरामा पनि स्थानीय प्रशासनले  कर्फ्यु लगाएको छ। सोमबारदेखि दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद चोक आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयाे।

प्रमुख जिल्ला अधिकारी शर्माले जारी गरेको आदेशमा शहिदचोक आसपास क्षेत्रमा कर्फ्यु लगाइएको उल्लेख छ। उहाँका अनुसार शहिदचोकको पूर्वतर्फ वाइचोक, पश्चिमतर्फ फिस्टेलचोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्र बैङ्क चोकसम्म कर्फ्यु लगाइएको छ।

जेनजी आन्दोलनको क्रममा गण्डकीको मुख्यमन्त्री कार्यालयमा आगजनीको प्रयास एवं तोडफोड गरेका छन्। पोखराको सभागृह चोकमा रहेका प्रदर्शनकारीहरू त्यहाँबाट नाराबाजीससहित पोखराको चिप्लेढुंगा पुगेका थिए।