काठमाडौं-प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बसेको छ। मन्त्रिपरिषद बैठकलगत्तै शीर्ष नेताको बैठक बसेको हाे।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,कांग्रेस सभापति शेरवहादुर देउवा,राजीनामा दिएका गृहमन्त्री रमेश लेखकलगायत दुवै दलका शीर्ष नेता सहभागी हुनुहुन्छ।
आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध कायमै राख्ने निर्णय गरेको हो। कांग्रेसका मन्त्रीहरुले प्रतिबन्धको निर्णय फिर्ता लिनुपर्ने सुझाव दिएका थिए।
साे बैठकले सामाजिक संजाल पुनः सन्चालन गर्नेबारे छलफलबाट निष्कर्ष आउने एक स्राेतले बताए ।
यस्तै बैठकले १९ जनाको ज्यान जानेगरी भएको गोलीकान्डको छानिबन गर्नका लागि समिति बनाउने निर्णय गरेको छ। समितिलाई १५ दिनभित्र घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय गरिएको छ।






प्रतिक्रिया