काठमाडौं- जेन जी नेपालका नाममा आज भएको आन्दोलनमा भएको धनजनको क्षतीप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ ।
पार्टी स्थायी कमिटीका सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जेनजीका नाममा भएको घुसपैठका कारण आजको दुखद् अवस्था निम्तिएको बताउनुभयो । घटनामा मृत्यू भएका सबैप्रति उहाँले श्रद्धान्जली व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गर्नु भएको छ । ‘आन्दोलनकारी र सरकारलाई संयमताका साथ वार्ताद्वारा समस्याको समाधान गर्नका लागि आग्रह गदर्छौं’ गौतमले भन्नुभयो ।





प्रतिक्रिया