काठमाडौं जेन जी नेपालको आन्दोलनमा आज भएको घटनाको बिस्तृत ब्रिफिङका काँग्रेस सभापति शेरबहादु देउवा सहित प्रधानमन्त्री केपी शर्मा ओली तीनवटै सुरक्षा निकायका प्रमुखको बैठक बोलाउनु भएको छ ।
मन्त्रिपरिषद बैठक लगत्तै प्रधानमन्त्री निवासमा सभापति देउवा पुग्नु भएको थियो । बैठकमा नेपाल प्रहरीका प्रमुख चन्द्रकुबेर खापुङ्,शसस्त्र प्रहरीका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख हुतराम थापा सहित प्रधानमन्त्री र देउवाले ब्रिफिङ लिइरहनु भएको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार आजको आन्दोलनको पूर्व तयारी बारेमा जानकारी,जेन जीको आन्दोलनमा भएको घुुुसपैठ र तिनीहरु को थिए भन्ने विषयमा उनीहरुले प्रधानमन्त्रीलाई जानकारी गराउने छन् । यसैगरी जेन जीको भोलीको आन्दोलनको स्वरुप,काठमाडौं बाहिर समेत आन्दोलन उठेकोले त्यसलाई सुरक्षा चुनौतिलाई समाना गर्ने रणनीतिका बारेमा छलफल हुनेछ ।






प्रतिक्रिया