अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी


काठमाडौं-सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी गरेका छन्। केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन्।

प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए। प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले मन्त्री गुरुङको घरमा आगजनी गरेको प्रहरी स्रोत जानकारी दिए।

अहिले आगजनी नियन्त्रणमा लिइसकेको ललितपुर प्रहरी परिसरले जनाएकाे छ।