काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। प्रदर्शनकारीहरूले बुढानिलकण्ठस्थित देउवा निवासमा तोडफोडपछि आगजनी गरेका हुन्।
मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन्।
सभापति देउवाको घरबाट कालो धुवाँको मुस्लो निस्किएकाे एक स्राेतले बताए।
यसैगरी प्रदर्शनकारीहरूले सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा आगजनीका साथै तोडफोड गरेका थिए। प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन् ।






प्रतिक्रिया