अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आगजनी

प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आगजनी


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित ओली निवासमा आगजनी गरेका हुन्। 

अहिले प्रदर्शनकारीहरूले शीर्ष नेताका निवास र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन्।

यसैगरी प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा आगजनीका साथै तोडफोड गरेका थिए।

यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा पनि प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। काठमाडौँको बोहोराटारस्थित निजी निवासमा आगजनी गरेका हुन्।

यसैगरी प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक र सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ निवासमा आगजनीका साथै तोडफोड गरेका थिए।

यसैगरी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निवासमा जेनजी  प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। काठमाडौँको रातोपुलस्थित थापाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।

यसैगरी जेनजी युवाहरूले ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेका छन्। मन्त्री खड्काको बूढानीलकण्ठस्थित निवासमा ठूलो संख्याका प्रदर्शनकारीले घर घेरेर तोडफोड गरेका हुन्।