काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। आज बसेको संसदीय दलको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बताउनुभयाे।
बैठकपछि कार्यवाहक सभापति अर्यालले भन्नुभयाे, ‘देशको मुख्य सम्पति जेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरु (सांसदहरु) ले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत रहेको जानकारी गराइन्छ।’
१. रवि लामिछाने, संसदीय दलको नेता
२. डोल प्रसाद अर्याल, संसदीय दलको पूर्वनेता
३. डा. स्वर्णिम वाग्ले, सदस्य
४. विराजभक्त श्रेष्ठ, संसदीय दलको उपनेता
५. सन्तोष परियार, प्रमुख सचेतक
६. निशा डाँगी, सचेतक
७. मनिष झा, सदस्य
८. सुमना श्रेष्ठ, सदस्य
९. गणेश पराजुली, सदस्य
१०. सोबिता गौतम, सदस्य
११. डा.तोसिमा कार्की, सदस्य
१२. शिशिर खनाल, सदस्य
१३. हरि ढकाल, सदस्य
१४. प्रा.डा. चन्दा कार्की (भण्डारी), सदस्य
१५. असिम शाह, सदस्य
१६. लक्ष्मी तिवारी, सदस्य
१७. अशोक कुमार चौधरी, सदस्य
१८. शिव नेपाली, सदस्य
१९. बिनिता कठायत, सदस्य
२०. विन्दवासिनी कांसकार, सदस्य
डोल प्रसाद अर्याल, कार्यवाहक सभापति
संसदीय दलको पूर्वनेता








प्रतिक्रिया