काठमाडौं-नेपाली सेनाले हाल जारी निषेधाज्ञा र कर्फ्यू देशभर निरन्तर रहने जनाएको छ। सेनाले भोलि बिहीबार बिहान ६ बजेसम्म निषेधाज्ञा र कर्फ्यू निरन्तर रहने जनाएको हो।
सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘आन्दोलनका नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयासजस्ता क्रियाकलाप गरिरहेको र गर्नसक्ने सम्भावना रहेको हुँदा देशको समग्र शान्ति सुरक्षा अवस्थालाई दृष्टिगत राखी हाल लागू गरिएको निषेधाज्ञा आज मिति २०८२ भाद्र २५ गतेको बेलुकी ५ बजे बजेसम्म देशभर निरन्तर रहने र तत्पश्चात् भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने एवम् परिस्थितिको विश्लेषणका आधारमा थप सूचना सम्प्रेषण गरिने बेहोरा आम देशवासीलाई जानकारी गराइन्छ ।’
आन्दोलनका नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने विज्ञप्तिमा उल्लेख छ।








प्रतिक्रिया