काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले विद्यमान परिस्थितीबाट देशलाई निकास दिनका लागि भावना र उत्तेजनामा नभइ गम्भिर चिन्तन गर्नुपर्ने बताउनुभएको छ । उशाँले त्यसका लागि १० वटा बुँदा अघि सार्नु भएको छ ।
भट्टराईले घटनालाई राम्रोसित विष्लेषण गरेर कमिकमजोरीको समिक्षा गर्दै गल्तीप्रति आत्मालोचित हुन आग्रह गर्नुभएको छ । भट्टराईले पार्टी र संगठनको पुनर्गठन गर्दै एकतामा कायम गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘जनता जाँऔं,जनतालाई सुनौं र त्यस अनुसार निर्णय गरौं’ भट्टराईले अर्को बुँदामा प्रस्ताव गर्नु भएको छ ‘लोकतन्त्र,बहुदलीय प्रतिष्पर्धा,मानवअधिकार,प्रेस स्वतन्त्रता,संविधानको सर्वोच्चता,कानूनको शासन यो जबजको आत्मा हो । यसबाट दाँया बाँया नजाऔं ।’
भट्टराईले खरानीबट उठेर देशको पुननिर्माण गर्ने र यसका लागि नेपालको हित चाहने सबैसँग समन्वय गर्ने अठोठ लिनुपर्ने प्रस्ताव अघि सार्नु भएको छ । भट्टराईको भनाइ छ ‘जेन जेड समुहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौं । ’ भट्राईले फेसबुकमा यस्तो लेख्नु भएको छ :
प्रिय कमरेडहरू
हामी यतिवेला इतिहासकै गंभीर संकटको अवस्थामा छौ । देश र समाज भयानक अस्थिरतामा छ । हामीसबै तनावमा छौ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सहि ठाऊँमा पुर्याउडैन । तसर्थ
१. विकसित घटनाहरूलाई राम्रोसित बिश्लेसन गरौ हामीबाट भएका कमजोरीको समिक्षा गरौ । ग़ल्तीप्रति आत्मालोचित होऔ ।
२. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौ । यो काम होशियारी पूर्वक गरौ । जसले हाम्रो पार्टी एकता कायम गरोस ।
३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौ ।
४. पार्टीका आन्तरिका प्रक्रियाहरूलाई पूर्णतस् पारदर्शी र लोकतान्त्रिक बनाऔ ।
५. जनतामा जाऔ, जनतालाई सुनौ र त्यस अनुसार निर्णय गरौ ।
६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जवजको आत्मा हो, यसबाट दाँयार बाँया नजाऔ ।
७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसंगको समन्वयबाट यो काम संपन्न गर्ने अठोट गरौ ।
८. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबिचको एकतालाई बलियो बनाऔ ।
९. देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्दछ । बिश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्दछ । यही आधारमा अंतर्राष्ट्रीय समुदायलाई आह्वान गरौ ।
१०. Gen Z समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौ ।
नेपाल बचाऔ
नेपालीत्व जोगाऔ ।







प्रतिक्रिया