अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद विघटन नगरौं,नागरिक सर्वोच्चता हनन् हुन्छ : रास्वपा साँसद सोविता गौतम

संसद विघटन नगरौं,नागरिक सर्वोच्चता हनन् हुन्छ : रास्वपा साँसद सोविता गौतम


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोभिता गौतमले संसद विघटन गर्नु नहुने बताउनुभएको छ ।
बुधवार सामाजिक सञ्जालमार्फत गौतमले संसद विघटन गर्ने कुनै पनि प्रयासले जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई सङ्कटमा पार्ने भएकोले स्वीकार्य नहुने स्पष्ट पार्नु भएको हो ।

संसद विघटन पछि जनता सङ्कटमा पर्ने, जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चता नै जोखिममा पर्ने गौतमको भनाइ छ।
‘नेता पो भ्रष्टाचारी भएका हुन्। ती भ्रष्ट नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। तर संसद विघटन गरेर समस्या समाधान हुँदैन। संसद विघटन गर्नु भनेको जनताको सर्वोच्चतामाथि प्रहार गर्नु हो ’ उहाँले भन्नुभएको छ ।

संवाद मार्फत निकास दिनुपर्नेमा जोड दिँदै सांसदलाई जोगाउनुपर्ने आवश्यकता रहेको सांसद गौतमको जोड छ ।