अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधानको मर्म अनुसार संवाद सुरु गर्न राष्ट्रपतिलाई एमालेको आग्रह

संविधानको मर्म अनुसार संवाद सुरु गर्न राष्ट्रपतिलाई एमालेको आग्रह


काठमाडौं-नेकपा एमालेले मुलुकको विषम परिस्थितिलाई ख्याल गर्दै संविधानको मर्म अनुरुप सार्थक सम्वाद सुरु गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेको छ।

एमालेले सचिवालयको वक्तव्य जारी गर्दै संविधानका मर्म अनुरुप सार्थक संवाद सुरु गर्न पनि राष्ट्रलाई आग्रह गरेको हाे।

‘सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्छ,’ एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि संविधानका मर्म अनुरूप सार्थक संवाद सुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौं।’

जेनजीहरूको प्रदर्शनका क्रममा आगजनी, लुटपाट र तोडफोड जस्ता घटनाहरूमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको एमालेले दाबी गरेको छ।

यस्तो घटनाक्रममा संलग्नबारे यथार्थ छाबिन हुनुपर्ने र सत्यतथ्य बाहिर ल्याउनुपर्ने एमालेले बताएको छ ।

‘यस विध्वंशका योजनाकार र दोषीहरूलाई कानुनी दायरामा ल्याइनु पर्दछ भन्ने पार्टीको स्पष्ट मान्यता छ,’ एमालेले भनेको छ, ‘यति ठूलो विनाश रोक्न राज्यका सुरक्षा निकायहरू किन प्रभावकारी हुन सकेनन् भन्ने विषयमा पनि पनि समीक्षा हुनुपर्छ।’