अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेलको विज्ञप्ति: संवैधानिक दायरामा रहेर नै मुलुकलाई निकास दिने प्रयास

राष्ट्रपति पौडेलको विज्ञप्ति: संवैधानिक दायरामा रहेर नै मुलुकलाई निकास दिने प्रयास



काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्नुपर्ने चौतर्फी माग भइरहँदा उहाँले एक विज्ञप्ती जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले जारी गरेको विज्ञप्तीमा देशलाई संवैधानिक दायराभित्रै राखेर कसरी निकास दिन सकिन्छ भनेर आफू परामर्शमा रहेको उल्लेख छ।

‘देशको अहिलेको परिस्थितीमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ती सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म बिचार विर्मश एवं हर प्रयास गर्दैछु ’ राष्ट्रपति पौडेलको विज्ञप्तीमा लेखिएको छ ‘आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वश्त हुन र संयमतापूर्वक मुलुकमा शान्ती सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।’