अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराष्ट्रपति भण्डारीको अपिल: राजनीतिक संकटको निकास संविधान भित्रैबाट खोजौं

पूर्वराष्ट्रपति भण्डारीको अपिल: राजनीतिक संकटको निकास संविधान भित्रैबाट खोजौं


काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान राजनीतिक संकटको निकास संविधान भित्रैबाट खोजिनु पर्ने बताउनुभएको छ। दुईपेज लामो विज्ञप्ती जारी गर्दै भण्डारीले जेन जी पुस्ताले गरेको आन्दोलनमा निधन भएकालई श्रद्धान्जली व्यक्त गर्दै भण्डारीले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ

भण्डारीले राजनीतिक दल एवं त्यसका नेता,कार्यकर्ता र सदस्यको ठूलो भूमिका रहने स्मरण गराउँदै लोकतान्त्रिक र क्रान्तिकारी व्यक्तिले अफ्ठेरो राजनीतिक अपस्था उत्पन्न हुँदैमा पलायन हुने ,निश्क्रिय हुने र आदर्शप्रति प्रतिकुल हुने टिकाटिप्पणी गर्न नसुहाउने उल्लेख गर्नुभएको छ उहाँले दलहरुलाई यस्तो बेलामा स्पष्ट दृष्टिकोण सहित अघि बढ्न सुझाउनु भएको छ। ‘पार्टीहरुले संस्थागत ढंगले आफ्नो दृष्टिकोण स्पष्ट गरी पार्टी भित्रको एकता,हार्दिकता र समन्वयलाई बलियो बनाएर सहयात्री राजनीतिक दलसँग समेत सामञ्जस्यता कायम राख्दै ’ भण्डारीले विज्ञप्तीमा लेख्नु भएको छ ‘मुलुकलाई सही दिशामा हिँडाउन दृढ अठोठ गर्नु पर्दछ । यस विषयमा सम्बद्ध सबैको ध्यान पुग्नेछ भन्ने मलाइ लागेको छ।’

जेन जीको उत्साहलाई कुनै लोकतान्त्रिक प्रणालीप्रति घात गर्ने कुनै निर्णय गर्नुनहुने र नागरिक सर्वोच्चतामा चोट पुर्याउने काम गर्नु हुदैन भन्ने पूर्वराष्ट्रपति भण्डारीको जोड छ । भण्डारीले नेपाली जनताले लामो समय लडेर ल्याएको लोकतान्त्रिक एवं गणतान्त्रिक प्रणाली स्थापना गरेको इतिहास स्मरण गराउनु भएको छ । ‘संविधानसभाले बनाएको नेपालको संविधान २०७२ हाल कार्यान्वयनमा रहेको छ । नेपाली जनताको त्याग,समपर्ण र बलिदानको प्रतिकको रुपमा रहेको यो संविधान एउटा उत्कृष्ट संविधान हो ’ भण्डारीले भन्नुभएको छ ‘त्यसैले जस्तोसुकै विषम राजनीतिक परिस्थितीमा पनि यसको सही निकास निकाल्न संविधानको मर्म र भावनालाई आत्मसात गर्दै संवैधानिक प्रावधान अनुसार अगाडी बढ्नु पर्दछ।’

भण्डारीले अहिले पनि राष्ट्रपति,सभामुख र जननिर्वाचित प्रतिनिधीसभा कायमै रहेकोले राष्ट्रपति र सभामुखको समन्वयमा वैधानिक प्रक्रियाबाट अर्को मन्त्रिपरिषद गठन प्रक्रिया अघि बढाउन सुझाव दिनु भएको छ।