धरान-सुनसरीको धरानको भाटभटेनीमा जलेको अवस्थामा शव फेला परेको छ। जेन-जी आन्दोलनका क्रममा लगाइएको आगोमा जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो। शवको पहिचान खुल्न सकेको छैन।
जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी भएको थियो। भाटभटेनीमा अरू तीनजना हराइरहेको जानकारी आएको प्रहरीले जनाएको छ।
उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।






प्रतिक्रिया