अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हर्क र कुलमानका समर्थकद्वारा शीतल निवास अगाडि प्रदर्शन, सेना फायरिङको पोजिसनमा (तस्बिरहरू)

हर्क र कुलमानका समर्थकद्वारा शीतल निवास अगाडि प्रदर्शन, सेना फायरिङको पोजिसनमा (तस्बिरहरू)


काठमाडौं-राष्ट्रपति भवन शीतल निवासमा अन्तरिम सरकार प्रमुखका विषयमा आफूले भनेको मान्छे हुनुपर्ने भन्दै प्रदर्शन भएको छ।

धरानका मेयर हर्क साङपाङ र विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा शीतल निवास अगाडि नाराबाजी भएको हो।

शुक्रबार नागरिक सरकार गठन गर्ने सन्दर्भमा शीतल निवासमा निरन्तर संवाद जारी छ । तर निवास अगाडि कुलमान र हर्कको समर्थनमा नाराबाजी भएपछि सेनाहरुलेफायरिङको लागि पोजिसनमा बसेका छन्।

भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।