अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री सुशिला कार्कीद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

प्रधानमन्त्री सुशिला कार्कीद्वारा पद तथा गोपनियताको शपथ ग्रहण


काठमाडौं- नेपालको संविधानको धारा ६१ बमोजिम नियुक्त हुनु भएकी सर्वोच्च अदातलकी पूर्वप्रधानन्यायधिस सुशिला कार्कीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।
शिलत निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेर अघि ७३ वर्षीय कार्कीलाई सपथ ग्रहण गराउनुभएको हो । कार्कीलाई ६ महिना भित्र प्रतिनिधीसभाको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी तोकिएको छ ।
देशमा भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिएपछि राष्ट्रपति पौडेलले कार्कीलाई आज प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो । कार्कीले सबै मन्त्रालयलको जिम्मेवारी लिनुभएको छ ।