काठमाडौं -नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पहिलो निर्णय संसद् विघटनको सिफारिस गर्नुभएको छ । पद तथा गोपनीयताको शपथ ग्रहण समारोहपछि शीतलनिवासमै बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट जेनजीले उठाएको संसद् विघटनको मागलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधीसभाको विघटनको सिफारिस गर्नुभएको हो ।
प्रधानमन्त्रीले गरेको संसद विघटनको सिफारिस राष्ट्रपतिले सदर गरेको स्रोतले जनाएको छ । २०७९ मंसिर १० गते भएको प्रतिनिधीसभाको निर्वाचनबाट गठन भएको प्रतिनिधीसभा दुईवर्ष १० महिनामा विघटन भएको छ । सरकारले आगामी फागुन २१ गते मध्यावधी निर्वाचन घोषणा गर्ने तयारी गरेको छ ।







प्रतिक्रिया