अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले जनतासँगको सम्बन्ध ब्यापक सुधार गर्नेछ : एमाले सचिव भट्टराई

एमालेले जनतासँगको सम्बन्ध ब्यापक सुधार गर्नेछ : एमाले सचिव भट्टराई



काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्नुपर्ने बताउनभुएको छ । सामाजिक सञ्जाल मार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले भदौ २३ र २४ गतेको घटनाको व्यापक छानविन गर्दै दोषी माथी कडा कारबाही गर्न माग गर्नु भएको छ ।
भट्टराईले नेपाल एक पटक फेरी संक्रमणकालमा प्रवेश गरेको बताउँदै संसद विघटन संक्रमण निधानको सही बाटो नभएको उल्लेख गर्नु भएको छ । उहाँले संक्रमणको निराकरण संवैधानिक प्रक्रियाबाट हुनुपर्ने माग गर्नु भएको छ । ‘जेनजीहरुका मागलाई संवैधानिक प्रक्रियाबाटै,संसदबाटै पुरा गर्न सकिन्थ्यो । राष्ट्रपतिले अहिले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ उहाँलाई संसदबाट पनि प्रधानमन्त्री बनाउन सकिन्थ्यो’ भट्टराईले भिडियो सन्देशमा भन्नुभएको छ ‘तर त्यता जान खोजिएन । संसदलाई विघटन गरिएको छ । यो सही निकास होइन ।’
संविधान परिपालना नगर्दा यसको खारेजीको जोखिम हुने उहाँको भनाइ छ । यदी त्यो अवस्था आयो भने नयाँ संविधान बनाउन सहज नहुने भट्टराईको तर्क छ । ‘संविधानलाई लिकमा फर्काउन,लोकतान्त्रिक प्रक्रियालाई लिकमा फर्काउन सजिलो छैन’ भट्टराईले भन्नुभयो ‘आगामी दिनमा संविधान र लोकतन्त्रलाई लिकमा फर्काउन धैर्यतापूवर्क अघि बढ्नुको विकल्प छैन । प्रधानमन्त्री र राष्ट्रपतिलाई भन्न चाहन्छौं तपाईंहरुका हरेक कदम संवैधानिक होउन । हामी समर्थन गर्छौं ।’
१२ मिनेट २० सेकेण्डको भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले भ्रष्टाचार,कुशासन र बेथिती समाजको नकारात्मक पाटो भएकोले यसको अन्त्य हुनुपर्ने बताउनुभएको छ । एमालेले भौतिक संरचना निर्माणमा ठूलो उपलब्धी हासिल गरेको स्मरण गराउदै भट्टराईले भ्रष्टाचार नियन्त्रणका लागि जति प्रयत्न गर्नुपथ्र्यो त्यती गर्न नसकिएको बताउनुभयो । ‘जनताका आवाज,युवा पुस्ताको आवाजलाई ठिक ढंगले सम्बोधन गर्ने कुरामा हामी कतै चुक्यौं । ति कमिकमजोरीप्रति हामी आत्मालोचना गर्दछौं ’ भट्टराईले भन्नुभयो ‘यस कमजोरीका लागि जनतासँग माफी माग्दछौं । किनकि एउटा राजनीतिक दल जनताबिना बाँच्न सक्दैन । जनता हाम्रा आधार स्तम्भ हो । ’
भट्टराईले एमालेलाई गतिशिल बनाउन युवाहरुको आवश्यकता औल्याउनु भएको छ । उहाँले एमाले युवाहरुले नै बनाएको पार्टी हुनाले युवाहरुले ने नेतृत्त गर्दै आएको पार्टी भएको स्मरण गराउनु भएको छ । ‘हाम्रो पार्टीमा पुरानो पुस्ता छ । बिचको पुस्ता छ । युवा पुस्ता छ’ भट्टराईले भन्नुभयो ‘हाम्रो पार्टीमा जेन्जी पुस्ता किन आइरहेको छैन । उनीहरुको र हाम्रो पार्टीका कडि किन टुटिरहेको छ । यसको गम्भिर समिक्षा गर्नेछौं । हाम्रो पार्टीको नीति,नेतृत्व आगामी दिनमा युवा मैत्री बनाउने छौं ।’ एमाले नयाँ र युवा मैत्री,जनमुखी,प्रगतिशिल बनाउन संरचनागत सुधार गर्ने उहाँको भनाइ छ । युवाहरुलाई एमालेप्रति विश्वास गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
संकटका बेला यो कारण वा त्यो कारण देखाएर पार्टी छोड्ने प्रवृति राम्रो नभएको उहाँले बताउनुभएको छ । यसरी पार्टी छोडेर हिडेकाहरुलाई एमाले जस्तो विशाल पार्टीमा फर्कन उहाँले अपिल गर्नुभएको छ । समाज र हरेक व्यक्तिको रुपान्तरण आजको आवश्यकता भएको भिडियो सन्देशमा उहाँले उल्लेख गर्नु भएको छ ।