सुर्खेत- जेन जी आन्दोलनका नाममा भदौ २४ गते घर जलाइएपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले आफूले नगरको विकास र समृद्धिका लागि १२ वटा कामको सुची पेश गर्दै यो नै आफ्ना अपराध हो त भनेर प्रश्न गर्नुभएको छ ।
वडा नं ८ मा रहेको आफ्नो घरमा रहेका सम्पूर्ण सामान जलाइएकोलेप्रति दुःखि हुँदै ढकालले उक्त घर आफ्नो पुख्र्यौली र श्रीमानको २५ वर्षको कमाइको उपज भएको उल्लेख गर्नुभएको छ । उहाँले आफूले ५ वर्ष उपमेयर र ३ वर्ष मेयर भएर काम गर्दा कहीं कतै अनियमितता गरेको भएको त्यसको प्रमाण पेश गर्न चुनौति दिनुभएको छ ।
नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी ढकालले आफू एमालेको कार्यकर्ता भएकै कारण जेनजीका नाममा उदण्डता मच्चाउने समुहको आक्रमणमा परेको बताउनुभएको छ । वीरेन्द्रनगरको विकासका लागि उहाँले ८ वर्षमा सुरु गरेका १२ वटा कामको फेहरिस्त सामाजिक सञ्जालमा पेश गर्दै यिनै कारणले आफ्नो घर जलाइएको हो त भनेर प्रश्न गर्नुभएको छ । ढकालले वीरेन्द्रनगरलाई पश्चिम नेपालको उदाँउदो सहरको रुपमा विकास विकास गरेको,सहरको पार्किङ व्यवस्थापन गरेको,सुशासनका लागि १२ लाख माथीका योजनामा इ बिडिङबाट काम गराएको सार्वजनिक शिक्षा सुधार गर्न पहल गरेको उल्लेख गर्नुभएको छ ।
ढकालले बुलबुले ताल र ऐतिहासिक घण्टाघर निर्माण,भेरी लिफटिङ, आयोजनाको सुरुवात,जनसंख्या भन्दा करिब तीन गुणा बढी जनसंखयालाई स्वास्थ्य सेवा,करिब ६लाख जननसंख्यालाई आधार सेवा प्रदान र वीरेन्द्रनगरलाई उपमहानगरको मापदण्डमा पुर्याउन आफू निरन्तर लागेको स्मरण गराउनु भएको छ ।
‘सार्वजनिक जिम्मेवारीमा रहँदा थुप्रै मानसिक पिडाहरु पाएकी छु । कोरोनाकालमा कार्यबाहक मेयरको रुपमा जीवन नै संकटमा राखेर व्यवस्थपानको काम गरें ’ ढकालले लेख्नुभएको ‘अहिले पनि निरन्तर नगर र नगरबासीको हितमा काम गरिरहेकी छु । तर के कसैका व्यक्तिगत चाहना र व्यक्तिगत लाभका काम नगरेकै कारण मैले यो अन्याय भोग्नु परेको हो ?’
जेनजी आन्दोलनमा घर जलाइएकी वीरेन्द्रनगरकी मेयरको प्रश्न : व्यक्तिगत लाभका काम नगरिदिंदा म माथी यस्तो अन्याय ?

प्रतिक्रिया