अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीलाई संकट पर्दा भाग्ने कायर नेताहरु देख्न नपरोस्: फुर्वा दोर्जे लामा  

पार्टीलाई संकट पर्दा भाग्ने कायर नेताहरु देख्न नपरोस्: फुर्वा दोर्जे लामा  


काठमाडौं-नेकपा एमाले मकवानपुरका उपसचिव फुर्वा दोर्जे लामाले पार्टीलाई संकट पर्दा पार्टी त्याग्ने नेताहरु कायर भएको टिप्पणी गर्नुभएको छ। 

२०८२ भदौ २३ सोमबार र २४ गते मंगलवार ‘जेनजी’ ब्यानरमा युवा तथा किशोर-किशोरीहरूको जुलुस प्रदर्शनको क्रममा भएको अकल्पनीय हिंसा, आगजनी, तोडफोड र लुटपाट गर्दा जिल्लामा केही नेताले सामाजिक सञ्जालमा लेख्दै पार्टी परित्याग गरेको घोषणा गर्दै आफ्ना नेताहरुमाथि नकरात्मक टिप्पणी गरेको उल्लेख गर्दै उपसचिव लामाले अहिलेको अवस्थामा पार्टी त्याग्नेहरु कायर भएको टिप्पणी गर्नुभएको हो।

जिल्ला उपसचिव लामाले आफ्नो जिम्मेवार पूरा गर्न ननिस्कने कायर नेताहरू पार्टी कार्यालय वरिपरि र आँखा वरिपरि देख्न नपरोस् समेत भन्नुभएको छ।

हेटौंडा उपमहानगरपालिका–१० का वडाध्यक्ष समेत रहेका लामाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,  ‘दुई दिनको आन्दोलनमा नेकपा एमाले छोडे पदबाट राजीनामा दिए भनी स्टाटस लेख्नेहरु पार्टीको नेताहरुलाई जे मन लागे त्यही लेख्ने अनि आफ्नो जिम्मेवार पूरा गर्न ननिस्कने कायरहरू पार्टी कार्यालय वरिपरि र आँखा वरिपरि देख्न नपरोस्।’