काठमाडौं-नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्नुभएको छ। केहीबेरअघि सिंहदरबारमा पुगेर प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नुभएको हो। त्यसअघि प्रधानमन्त्री कार्कीले लौनचौरमा पुगेर सहिदको प्रतिमामा माल्यार्पण गर्नुभएको थियाे ।
प्रधानमन्त्री कार्कीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई २०८२ भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।






प्रतिक्रिया