काठमाडौँ-महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिनुभएको छ। महान्यायाधिवक्ता बडालले पदबाट भदौ २४ गते राजीनामा दिनुभएको हो।
महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीका अनुसार बडालको राजीनामा सम्बन्धी जानकारी आइतबार राष्ट्रपति कार्यालयबाट कार्यालयमा प्राप्त भएको छ। ‘उहाँ (महान्यायाधिवक्ता)ले भदौ २४ गते पदबाट राजीनामा दिनुभएको हो,’ पुडासैनीले भन्नुभयो, ‘राष्ट्रपति कार्यालयबाट उहाँले राजीनामा दिएको जानकारी आज आएको जानकारी दिए।’
बडाललाई राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए।






प्रतिक्रिया