अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक: नेपाली कांग्रेस

प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक: नेपाली कांग्रेस


काठमाडौँ-नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएको बताएको छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले आज पार्टीको तर्फबाट ६ बुँदे धारणा सार्वजनिक गर्दै सो कुरा बताउनु भएको हो।

‘संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक छ । यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात भएको छ’ उपसभापति खड्काले जारी गरेको वक्तव्यमा उल्लेख छ।

यसअघि शुक्रबार कार्यसम्पादन समिति बैठक बसेर कांग्रेसले  प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको बताएको थियो । 

कार्यसम्पादन समिति बैठकपछि जारी विज्ञप्तिमा आफ्नै निवास बूढानीलकण्ठमा सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा कुटिएको विषय उल्लेख नगरेकोमा विरोध भएको थियो ।

यस्तो छ उपसभापति पूर्णबहादुर खड्काको ६ बँदे वक्तव्य