काठमाडौँ-नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ। प्रधानमन्त्री कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे हाे।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसैगरी, अर्थ मन्त्रालयमा रामेश्वर खनाल र गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याललाई जिम्मेवारी दिइएको छ।
अर्याल चर्चित कानुनविद् हुन् । उहाँ पछिल्लो समय काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानुनी सल्लाहकार हुनुहुन्थ्याे। यता अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका खनाल पूर्वअर्थसचिव हुन्।
प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डल गठनका लागि सिफारिस शीतलनिवासमा गएर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिसक्नुभएकाे छ।
नवनियुक्त मन्त्रीहरुको शपथ भोलि सोमबार हुने शीतलनिवास स्रोतले जानकारी दियो।







प्रतिक्रिया