काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्वको आलोचना नगर्न पनि निर्देशन दिनुभएकाे छ। आइतबार पछिल्लो विकसित राजनीतिक घटनाक्रम र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रदेश र जिल्ला तहका नेताहरूसँग भर्चुअल छलफलमा साे निर्देशन दिनुभएकाे हाे।
महासचिव पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन गर्न सुझाव दिँदै पार्टी गतिविधिहरू पनि नरोक्न निर्देशन दिनुभएकाे हाे। महासचिव पोखरेलले क्षति भएका ठाउँको मुचुल्का उठाएर मात्र सरसफाइ गर्न आग्रह गर्नुभएकाे छ।
२०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित अधिकांश प्रदेश र जिल्ला पार्टी कार्यालय आगजनी र तोडफोड भएको एमालेले जनाएको छ।






प्रतिक्रिया