अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृह मन्त्रालयलाई परराष्ट्र मन्त्रालयमा सारियो

गृह मन्त्रालयलाई परराष्ट्र मन्त्रालयमा सारियो


काठमाडौं-सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय सञ्चालन हुँदै आएको भवनमा अब गृह मन्त्रालय सञ्चालन हुने भएको छ।

यसअघि गृहमन्त्रालय सञ्चालन हुँदै आएको भवन भदौ २४ गतेको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि गृह मन्त्रालय परराष्ट्र मन्त्रालय रहेको भवनमा सारिएको हो।

परराष्ट्र मन्त्रालय भने पहिलाकै भवनमा यथावत सञ्चालन हुँदैछ। परराष्ट्र मन्त्रालयको एउटा शाखा सञ्चालन हुँदै आएको भवनमा अब गृह मन्त्रलय सञ्चालन हुन लागेको हो।

अहिले पुरानो गृह मन्त्रालयबाट आगलागीबाट जोगिएका सरसामान धमाधम नयाँ ठाउँमा सार्ने काम भइरहेको छ।

अधिवक्ता एवं अधिकारकर्मीसमेत रहेका ओमप्रकाश अर्याल गृहमन्त्री बन्दैछन्। उनलाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।