अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिकूल अवस्थामा नेतृत्वमाथि असभ्य प्रहार गलत हो: माधव ढुङ्गेल

प्रतिकूल अवस्थामा नेतृत्वमाथि असभ्य प्रहार गलत हो: माधव ढुङ्गेल


काठमाडौं-नेकपा एमालेका युवा नेता माधव ढुङ्गेलले पार्टी नेतृत्वमाथि भइरहेको असभ्य प्रहारलाई गलत बताउँदै त्यसविरुद्ध सचेत रहन आह्वान गर्नुभएको छ।

नेता ढुङ्गेलले सामाजिक सञ्जालमार्फत नेतृत्वविरुद्ध प्रतिकूल परिस्थितिमा भइरहेको अश्लील आक्रमणलाई अनुचित भन्दै यसमा गम्भीर विश्लेषण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। नेता ढुङ्गेलले ‘गतिमा अस्तित्व हुन्छ’ भन्दै चुनौती र प्रतिकूलतालाई सामना गर्ने क्षमतामा एमाले नेतृत्व सक्षम रहेको विश्वास व्यक्त गर्नुभयो।

‘प्रतिकूल अवस्थामा नेतृत्व माथिको अश्लील आक्रमण नितान्त गलत तरिका हो। नियति र षड्यन्त्रको मसिनो विश्लेषण हुनुपर्छ, ढुक्क हुनुहोस्, हाम्रो नेतृत्वले समयको प्रवाहलाई आत्मसात् गर्ने क्षमता राख्छ,’ नेता  ढुङ्गेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ।

नेता ढुङ्गेलले राजनीतिक जीवनमा आउने उतारचढावलाई सामान्य प्रक्रियाका रूपमा लिँदै त्यसलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा पनि राख्नुभएको छ।